Latest News

चुनावको मुखमै बहालवाल मन्त्री आले र प्रचण्ड पुत्रीको यस्तो काण्ड बाहिरियो, अरु को-को मुछिए ?

Nepalese Times May 12, 2022 (2 Year ago)    1387 Views

काठमाडौं । मौन अवधि चल्दै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको घटना बाहिरिएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।

निर्वाचनको मौन अवधि सुरु हुँदै गर्दा मन्त्री र ठूला नेताबाट पैसा बाँड्नेजस्तो लाजमर्दौ हर्कत भएको भन्दै निर्वाचन आयोगले निक्कै कडाई गरिरहेको छ ।

यस्तै आयोगले माओवादी केन्द्र का वाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहालले मौन अवधिमा व्यक्तिगत फेसबुक पेजमा भरतपुरमा गठबन्धनका मेयरका उम्मेदवार रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीलाई मत मागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, माओवादी केन्द्रका प्रदेश सदस्य गङ्गा दाहाल, वीरगञ्जमा नगरप्रमुखका उम्मेदवार विजय सरावगीलाई पनि स्पष्टीकरण सोधेको छ ।

सरावगीले वैशाख २६ गते राति महानगरको वडा नं। १६ मा रहेको एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेको उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगले एमालेका उपमहासचिव गुरुङले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

यस्तै नेपाली कांग्रेसबाट सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको लागि उपमेयरका उम्मेदवार बनेका गान्धीमाया तामाङ र काँग्रेसका नेता दावागेलु पाख्रिन राजु पक्राउ परेका छन् ।

मौन अवधीमा नगरपालिकाको बोल्दोस्थित मतदाताकै घरमा गएर पैसा बाँडेको भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मतदाताको घरघरमै गएर पैसा बाँडेको सुचना पाएपछि प्रहरी सो स्थानमा जाँदा पैसा बाँडिरहेको देखेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा नम्बर ४ स्थित बोल्दोमा तामाङ समूदायको बाक्लो बस्ती रहेको छ ।

उनीहरुलाई प्रभावित पार्न उपमेयरका उम्मेदवार तामाङको नेतृत्वमा काँग्रेसका नेताहरु पैसा बोकेर पुगेका थिए । उनीहरुले प्रति मतदाता ८ देखि १० हजार रुपैयाँ सम्म बाँडेको भेटिएको हो । उपमेयरका उम्मेदवार तामाङ र वडा नम्बर ४ का यस अघिका अध्यक्ष दावागेलु पाख्रिनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस