Latest News

मुठा-मुठा पैसा बाँडेपछि कांग्रेस उपमेयर उम्मेदवारलाई प्रहरीले लगायो हतकडी (भिडिओसहित)

Nepalese Times May 11, 2022 (2 Year ago)    1027 Views

काठमाडौं । नेपाली कांग्रेसबाट सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको लागि उपमेयरका उम्मेदवार बनेका गान्धीमाया तामाङ र काँग्रेसका नेता दावागेलु पाख्रिन राजु पक्राउ परेका छन् ।

मौन अवधीमा नगरपालिकाको बोल्दोस्थित मतदाताकै घरमा गएर पैसा बाँडेको भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मतदाताको घरघरमै गएर पैसा बाँडेको सुचना पाएपछि प्रहरी सो स्थानमा जाँदा पैसा बाँडिरहेको देखेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा नम्बर ४ स्थित बोल्दोमा तामाङ समूदायको बाक्लो बस्ती रहेको छ ।

उनीहरुलाई प्रभावित पार्न उपमेयरका उम्मेदवार तामाङको नेतृत्वमा काँग्रेसका नेताहरु पैसा बोकेर पुगेका थिए ।

उनीहरुले प्रति मतदाता ८ देखि १० हजार रुपैयाँ सम्म बाँडेको भेटिएको हो । उपमेयरका उम्मेदवार तामाङ र वडा नम्बर ४ का यस अघिका अध्यक्ष दावागेलु पाख्रिनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लिखित उजुरी आएपछि यसबारे थप कानुनी कारवाहीका लागि आफूहरु अघि बढ्ने प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।

आफूहरुलाई पनि त्यसबारे सुचना आएको र सुचनाका आधारमा प्रहरी टोली पठाइसकेका उनले बताए । लिखित उजुरी आए थप अनुसन्धान गरि कारवाही प्रक्रिया अपनाउने उनले बताएका छन् ।

हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया दिनुहोस