Latest News

मौन अवधिमै यस्तो हर्कत देखाएपछि बाबुराम भट्टराईकी पत्नीलाई प्रहरीले लगायो हतकडी

Nepalese Times May 11, 2022 (2 Year ago)    742 Views

काठमाडौं । मौन अवधिको उल्लंघन गर्ने क्रम देशभर बढेको छ । बैशाख ३० गते चुनाव छ । चुनाव जित्न उम्मेदवारहरुले अनेक हत्कण्ठा अपनाइरहेका छन् । बुटवलमा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको अवस्थामा प्रहरीले समातेको छ ।

बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई हतकडी लगाएको हो । मतदातालाई पैसा बाँड्न गएको उनीमाथि आरोप छ ।

अहिले प्रहरीले घरमा खानतलासी गरिरहेको छ। अहिले उक्त क्षेत्र तानवग्रस्त छ। यता सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले समातेको छ ।

मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका–२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा समातिएका हुन् ।

उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन्।

लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जनाए। गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुनः उम्मेदवार बनेका हुन्।

यस्तै नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर भने मौन अवधिको अवज्ञा गर्दै मतदाताकहाँ पुगेर माओवादीलाई भोट मागिरहेकी छन्। उनले निर्वाचन आयोगको मौन अवधिको अवज्ञा गर्दै गृहजिल्ला कञ्चनपुरमा मतदाता भेला गरेर माओवादीको पक्षमा प्रचार गरिरहेकी छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगिन्।बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्नअंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्।

हामीलाई प्राप्त तस्बिरमा उनी महिलाहरुको समूहमा बसेर छलफल गरिरहेकी छन्। उक्त तस्बिर लालझाडी गाउँपालिका वडा नम्बर १ को हो। बीना गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि बुधबार दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेकी हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार मदनसेन बडायक विजयी भएका थिए। उनी अहिले पनि माओवादी केन्द्रबाट फेरि उम्मेदवार छन्। बीना त्यही क्षेत्रकी संघीय सांसद हुन्।

प्रतिक्रिया दिनुहोस