Latest News

निर्वाचनको मुखमै विद्रोहको कुरा गरेपछि रामवीरलाई ओलीको टेलिफोन, के-के भयो कुराकानी ?

Nepalese Times May 11, 2022 (2 Year ago)    2010 Views

काठमाडौं । नेकपा एमालेका नेता एवम् सांसद रामवीर मानन्धर यतिबेला चर्चामा छन् । निर्वाचनको मुखमै काठमाडौं महानगरपालिकामा नेकपा एमाले ‘क्लिन स्वीप’ हुने भनेर अभिव्यक्ति दिएपछि उनी चर्चामा आएका हुन् ।

पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर पदमा टिकट वितरण गर्दा योगदानलाई कदर गर्न नसकेको भन्दै उनी आफ्नै पार्टीको खुलेर आलोचना गरिरहेका छन् ।

मौन अवधि सुरु भइसक्दा पनि आफ्ना असन्तुष्टि छताछुल्ल बनाउँदै पार्टीको उम्मेदवारलाई अप्ठ्यारो हुने गतिविधि अघि बढाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनै असन्तुष्ट मानन्धरलाई टेलिफोन गरेका स्रोतले दाबी गरेको छ ।

कुराकानीका क्रममा अध्यक्ष ओलीले पार्टीभित्र रहेका असन्तुष्टिहरु चुनावपछि गर्न भन्दै अहिलेलाई पाटीको उम्मेदवारको विरोधमा नबोल्न आग्रह गरेका छन् । जवाफमा मानन्धरले आफूले जे हो त्यहि भनेको र काठमाडौंको यथार्थ यहि भएको बताए ।

मानन्धरले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई अहिले भेट्न नपाएको गुनासोसमेत गरेपछि एमाले अध्यक्ष ओलीले टेलिफोन नै गरेर सम्झाउने प्रयास गरेको एक नेताले बताए । स्थानीय तहको निर्वाचनमा टिकट वितरण भएपछि आफूले अध्यक्ष ओलीलाई भेट्न नपाएको एमाले सांसद मानन्त्ररले बताउँदै आएका थिए ।

तपाई बोलकोट नगएको हो कि ओलीले तपाईँलाई नबोलाउनुभएको ? भनेर सोधिएको प्रश्नमा मानन्धरले भनेका थिए, ‘म चाहीँ एउटा कुरा के भन्छु भने मैले उहाँलाई फोन गरेको थिएँ, तर बैशाख १२ गतेपछि भेट्ने भन्नुभयो, तर १२ गतेपछि फोन नआएपछि म दोहोर्याएर गरेको छैन् ।’

उनले वामदेव गौतम ख्यालठट्टाको मान्छे नभएको पनि स्पष्ट पारे । उनले वामदेव नेपालको राजनीतिमा भिजनरी लिडर भएको दाबी गरे ।

यस्तै बामदेव गौतमले राजनीतिक रुपमा भेटघाटहरु गर्दै आएका छन् । उनको औपचारिक रुपमा कुनै दललाई समर्थन गरिएको घोषणा भने आएको छैन । तर, आफूनिकटस्थलाई जिताउन सक्रिय भूमिका निभाउन थालेका छन् ।

गौतम लामो समय नेकपा एमालेको राजनीतिमा रहे । एमालेको उपाध्यक्ष समेत बने । तर, गत वर्षको महाधिवेशनमा एमाले छाडेको घोषणा गरे । तर, कुनै दलमा आवद्ध भएनन् ।

गौतम यतिबेला एमाले र नेकपा एसमा छरिएका आफ्ना समर्थकहरुको संरक्षणमा पछि परेका छैनन् । उनको चाहना अनुसार समर्थकमध्येकाले तरंग ल्याउने अभिव्यक्ति समेत दिए ।

नेकपा हुँदा बामदेवको प्रधानमन्त्री बन्ने चर्चा पनि चलेको थियो । तर, उनलाई त्यो ललिपप मात्र भयो । गौतम बल्लतल्ल राष्ट्रिय सभा सदस्य बनाइए ।

आफूले जसलाई सहयोग गर्यो उसैले कालान्तरमा पर्दा सहयोग नगरेको गुनासो गरिरहे । गौतम बेला बेलामा कम्युनिस्ट एकता अभियानमा समेत लागे । उनको अभियान चलि रहेको छ । तर, सफल हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस