Latest News

माओवादी कार्यकर्ताले एमाले अध्यक्ष उम्मेदवारकी आमालाई कुटे, कस्तो छ स्वास्थ्य अवस्था ?

Nepalese Times May 11, 2022 (2 Year ago)    703 Views

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा एमाले उम्मेदवारकी आमामाथि माओवादी कार्यकर्ताहरुले कुटेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले एमाले उम्मेदवारकी आमालाई कुटेका हुन् ।

सुनछहरी गाउँपालिका ५ जैमाकसलाका एमालेबाट वडाध्यक्षका उम्मेदवार तीर्खबहादुर विष्टकी आमा ६७ वर्षीया सत्मा बुढाथोकीलाई माओवादीका कार्यकर्ताहरुले कुटेका हुन् ।

माओवादीबाट वडाध्यक्षका उम्मेदवार देवीलाल रोकामगरको निर्देशनमा स्थानीय तानसरी विष्ट र श्याम विष्टले कुटेका पीडितहरुले बताएका छन्। उनीहरूले यसअघि पनि धम्की दिएको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दर्ता गराएका छन्।

उनीहरुले घरबाहिर बोलाएर कुटपिट गरेको पीडित सत्माले बताएकी छन्। पीडित महिलाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार हुँदैछ।

उनीहरुले सुरुमा ज्यान मार्ने उद्योगमा उजुरी दिन खोजेका थिए। तर प्रहरीले लिन नमानेपछि कुटपिटको उजुरी दिएको पीडित परिवारले बताएको छ।

यस्तै स्थानीय तह निर्वाचनको मौन अवधिका क्रममा मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा नेकपा माओवादी केन्द्रका कार्यकर्ता समातिएका छन् । पक्राउ परेका प्रेमकुमार लामा सत्तारुढ नेकपा माओवादीका कार्यकर्ता हुन् ।

लामालाई गोलबजार नगरपालिका २ गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले समातेका थिए । लामाले स्थानीय भुला महतोलाई पैसा दिने क्रममा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोल बजारको जिम्मा लगाइएको थियो ।

प्रहरीसमक्ष अन्य केही व्यक्तिले लामाले रकम बाँडेको बयान दिएका छन् । गोल बजारका प्रहरी निरीक्षक राजु केसीले पैसा बाँड्न लागेको भन्दै लामालाई नियन्त्रणमा लिएर बुझाइएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस