Latest News

मतदाताले यी कुरामा ध्यान नदिए मतपत्र बदर हुने

Nepalese Times May 11, 2022 (2 Year ago)    984 Views

काठमाडौं । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ ।

यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ ।मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुनेगर्छ ।

उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ ।कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरेमा मत बदर हुनेछ । निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा पनि मत बदर हुनेछ।

आयोगका अनुसार मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिका भन्दा बाहिर राखिएमा र जाली मतपत्रको प्रयोग गरेमा मत बदर हुनेछ ।

त्यस्तै स्थानीय निकायको चुनाव नजिकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य थालेको छ। आयोगले मतदाता परिचयपत्र अद्यवधिक गर्नको लागि स्थानीय निकायहरूलाई निर्देशन दिइसकेको छ । मतदाता परिचयपत्र नभएको व्यक्तिहरूले नजिकको जिल्ला प्रशासन कार्यालय वा निवार्चन आयोगमा गएर दर्ता गर्न सकिने जनाएको छ ।

पहिला दर्ता भएको आफ्नो नाम मतदाता नामावलीमा छ या छैन भनेर हेर्नको लागि निर्वाचन आयोगले अनलाइन मार्फत हेर्न मिल्ने बनाएको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ । आफ्नो मतदाता नामावलीमा जानकारी थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस