Latest News

आज र भोलि मतदाता परिचयपत्र वितरण, परिचयपत्र नहुनेले यसरी लिनुहोस्

Nepalese Times May 11, 2022 (2 Year ago)    836 Views

काठमाडौं निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्न भएको छ । यस्तै मतदातालाई भोट हाल्ने तरिका पनि सिकाइने आयोगले जनाएको छ ।

नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

ज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सिकाउने र मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि पर्सि बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान गर्न आउन आग्रह गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार गरेको छ ।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्नेछ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ ।

गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिन्हमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरेपछि मतपत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ ।

स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ । यस्तै, दुईवटा चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।

उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा पनि मत बदर हुने आयोगले जनाएको छ । मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ ।

मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको चुनाव चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएमा पनि त्यो मत बदर हुन्छ ।

प्रतिक्रिया दिनुहोस