Latest News

अन्तिम समयमा बाबुराम भट्टराईको जसपा र एमालेबीच तालमेल, भाँडियो गठबन्धन

Nepalese Times May 10, 2022 (2 Year ago)    673 Views

गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह नगरमा सत्ता गठबन्धन सम्बद्ध जसपाले एमालेसँग तालमेल गरेको हो । नेपाली काँग्रेससँग गरिएको तालमेल भाँडिएपछि जसपाले एमालेको साथ लिएको छ ।

मौनअवधिको पूर्वसन्ध्यामा भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा जसपा र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको हो।

सहमतिअनुसार पालुङटार नगरपालिकाको प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा जसपाले एमालेलाई सघाउने भएको छ।

यस्तै उक्त नगरपालिकाको ६, ७ र १० मा एमालेलाई तथा ४ र ५ नम्बर वडामा जसपालाई एकअर्कालाई सघाउने पनि सहमति भएको छ। सहमति पत्रमा जसपाका तर्फबाट अध्यक्ष यानप्रसाद भट्ट र एमालेका तर्फबाट प्रेम गुरुङले हस्ताक्षर गरेका छन्।

यसअघि यहाँ सत्तारुढ गठबन्धनबीच भागबन्डालाई लिएर विवाद थियो। सुरुमा कांग्रेस र समाजवादीले तालमेल सहमति गरेका थिए। तर सहमति कार्यान्वयन हुन नसकेपछि पालुङटारमा एक्ला एक्लै लड्ने निष्कर्ष सत्तारुढ दलले निकालेका थिए।

तर समाजवादी एक्लै परेको अवस्थामा बाबुरामकै पहलमा एमालेसँग तालमेल भएको हो। बाबुराम पछिल्लो समय एमालेविरुद्ध आक्रमक नेतामध्ये एक हुन्।

प्रतिक्रिया दिनुहोस