Latest News

कांग्रेसले मतदाता किन्न ५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ ल्यायो

Nepalese Times May 10, 2022 (2 Year ago)    551 Views

नेपाली कांग्रेसबाट निष्कासित भएका नेता कर्णबहादुर मल्लले मतदाता किन्न कांग्रेसले करोडौं​ रुपैयाँ ल्याएको आरोप लगाएका छन् । उनले कांग्रेसले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ ल्याएर आएको दाबी गरेका हुन् ।

नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका मल्लले यस्तो दाबी गरेका हुन् । उनले धनगढीबाट ५६३९ नम्बरको गाडीमा उक्त पैसा ल्याएर डडेल्धुरामा राखेको बताए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन् ।

देउवा मतदानपछि मात्र काठमाडौं फर्किने जनाएको छ । कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले सोमबार साँझ चुनावीसभामा देउवाले करोडौं रुपैयाँ लिएर आएको दाबी गरेका हुन् ।

उनको समूह विद्रोह गरेर अहिले कांग्रेस विपीमा मिसिएको छ । आफूहरूमाथि बारम्बार अन्याय भएको भन्दै उक्त समूहले विपीको चुनाव चिह्न करुवाबाट स्थानीय चुनाव लडिरहेको छ । त्यसैका लागि मल्लले जिल्लामा नेकपा एमालेसँग तालमेलसमेत गरेको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गरेपछि मात्रै काठमाडौं फर्किने भएका छन्। चुनावी सभालाई सम्बोधन गर्न देउवा सोमबार गृहजिल्ला डडेलधुरा पुगेका थिए।

देउवाले सोमबार आफ्नो गृहपालिका गन्यापधुरा गाउँपालिकाको मुकाम बडाल ९गणेशपुर०मा आयोजित चुनावी सभालाई सम्बोधन गरे।

देउवाले मंगलबार पनि गृहजिल्लाका विभिन्न ठाउँमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। मंगलबार देउवाले डडेलधुरा सदरमुकाम अमरगढी र भित्री मधेस क्षेत्र परशुराम नगरपालिकाको लालढुंगामा आयोजना हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

देउवा मतदान हुने दिन ९वैशाख ३० गते०सम्म जिल्ला सदरमुकाम अमगरढीको होटलमै बास बस्नेछन्।

देउवा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका स्थायी बासिन्दा हुन्। उनको मतदाता नामावली पनि रुवाखोलाबाटै छ। उनले असिग्राम माविको मतदान केन्द्रबाट मतदान गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस