Latest News

चुनावको मुखमै केशव स्थापितका ८ भ्रष्टाचार काण्ड बाहिरियो, एमालेमा खैलाबैला

Nepalese Times May 10, 2022 (2 Year ago)    796 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित उम्मेदवार छन् । यसअघि पनि महानगरपालिकाको मेयर पद सम्हालिसकेका स्थापितलाई यसपटक पनि एमालेले मेयर पदको उम्मेदवार बनाएको हो ।

महानगरको मेयर उम्मेदवार बनेका स्थापित अहिले पनि यौंन हिंसाको आरोप खेपिरहेका व्यक्ति हुन् ।

यसअघि मेयर पदमा रहँदा यौन हिंसा गरेको भन्दै मिडियामा आएका रस्मिला प्रजापतिले चुनाव हुनुभन्दा केही समयअघि फेरि केही भ्रष्टाचार काण्ड सार्वजनिक गरेकी छिन् । उनले ५ बर्षको लागि मेयर हुँदा ५० वर्षसम्मका लागि बसपार्क लिजमा दिएर भ्रष्टाचार गरेको स्थापितमाथि आरोप लगाएकी छिन् ।

उस्तै स्थापितले पुरातात्विक महत्वको धरहरा ब्यापारिक प्रयोजनको लागि लिजमा दिएको र जसको कारण २०७२ को भुइचालोमा धराहरा ढल्दा धेरै मानिसरले ज्यान गुमाउनुपरेको प्रजापतिको आरोप छ ।

यस्तै प्रजापतिले सुन्धाराको पानी सुक्ने गरी आफ्नो केहि शेयर सुनिश्चित गरी काठमाडौँ मल बनाउन स्वीकृती दिएर भ्रष्टाचार गरेको स्थापितमाथि आरोप लगाएकी छिन् ।

काठमाडौँ महानगरपालिकाभित्र बनेका आकाशे पुल र विकास निर्माणको ठेक्का आफ्नो बिजनेस पार्टनरका दुइटा कम्पनीलाई दिएर स्थापितले भ्रष्टाचार गरेको प्रजापतिको अर्को आरोप छ ।

यस्तै दोस्रो पटक राजाबाट मनोनित भएर मेयर भएपछि आफ्नै छोरालाई भुगोल पार्कमा २ घन्टा कार्यक्रम गर्दा २ लाख चन्दा दिएर अर्को भ्रष्टाचार गरेको प्रजापतिको आरोप छ ।

महानगरको नाममा मेयर स्थापितले मलेशियाबाट प्राप्त निशुल्क हजारौं व्यक्तिलाई रोजगारीको अवसर एउटा म्यानपावर कम्पनी Employment Link लाई दिएर प्रतिव्यक्ति २ लाख लिएर मलेसिया पठाउन थालेको र पछि मलेसियाले बाँकि कोटा खारेज गरिदिएकाे प्रजापतिले आरोप लगाएकी छिन् ।

यस्तै दर्जनौं घरहरु भत्काएर बनाइएको माइतीघर मण्डला बनाउन दोब्बर भन्दा बढिको बिल बनाएको र टेकुको विवादित जग्गा दोब्बर मूल्यमा खरिद गरेर भ्रष्टाचार गरेको स्थापितमाथि आरोप छ ।

रस्मिलाले २०५४ सालमा मेयर हुनासाथ स्थापितले नक्शापास शुल्क दोब्बर गरेको र अहिले झन् राजस्व १० गुणा बढाउँछु भन्दै भाषण गर्दै गरेको भन्दै भोट हाल्नुअघि एकपटक बिचार गर्ने भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस