Latest News

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ आगामी ३ दिनको मौसम

Nepalese Times May 10, 2022 (2 Year ago)    501 Views

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै राती प्रदेश १ तथा मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वैशाख २७ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : प्रदेश १ तथा मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २८ गते बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती स् देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख २९ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ। साथै तराईका भूभागमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस