Latest News

बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौंः प्रचण्ड

Nepalese Times August 29, 2022 (1 Year ago)    220 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा नयाँ नयाँ अनुहारलाई चुनाव लडाउने संकेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंमा स्थानीय चुनावमा बालेन शाहले ल्याएको भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको प्रतिक्रिया दिएका छन् ।

काठमाडौंमा माओवादीको अवस्था चिन्ताजनक भएकाले नयाँ अनुहारलाई उम्मेदवार बनाउने पक्षमा आफू रहेको सोमबार काठमाडौंमा भएको पार्टीको एक कार्यक्रममा उनले भने ।

‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दै छौं,’ प्रचण्डले भने, ‘त्यही सेन्टिमेन्ट ल्याएर तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने सोच छ मेरो पनि। त्यस्तो मान्छे गुटबन्दीमा पनि छैन, केहीमा पनि छैन। हामी सबैले साथ दिन सक्ने मान्छे।’

त्यस्ता मान्छे उम्मेदवार भए भने काठमाडौंमा माओवादीले २(३ सिट जित्न सक्ने उनले दाबी गरे। ‘२–३ सिट जित्यौं भने हामी काठमाडौंमा फेरि शक्तिशाली बन्छौं,’ प्रचण्डले भने। २०७४ को चुनावमा काठमाडौं उपत्यकामा माओवादीले एक सिटमात्र जितेको थियो।

प्रतिक्रिया दिनुहोस