Latest News

नयाँ अर्थमन्त्रीमा कृष्णा शाह नियुक्त, उर्जा मन्त्री को बने ?

Nepalese Times August 29, 2022 (1 Year ago)    297 Views

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई सोमबार नियुक्त गरेका छन् । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई नेता मन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई सोमबार नै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्रीमा नियूक्त शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।माओवादीले प्रदेश सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन्। माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो। प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन्।यसैगरी बैठकले चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ।

क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन्। यसैगरी बागमतीमा पर्ने सबै जिल्लाको चुनावी कमाण्डर पनि माओवादीले चयन गरेको छ। जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले गर्नेछन्। यस्तै भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका छन्। ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राईलाई कमाण्डर बनाउने निर्णय गरेको माओवादी बागमती समितिले जानकारी दिएको छ। काभ्रे जिल्लामा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर बनाएको छ।

दोलखामा देवी खड्का कमाण्डर चयन हुँदा रामेछापमा श्यामकुमार श्रेष्ठ बनेका छन्। यसैगरी सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी चुनिएका छन्। मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान कमाण्डर चुन्ने निर्णय भएको छ। नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ र विमला सुवेदी क्षेत्र नम्बर २ का लागि चुनावी कमाण्डर बनाइएका छन्।धादिङमा शालिकराम जम्कट्टेले एक्लै चुनावी कमाण्डर बनेका छन्।

प्रतिक्रिया दिनुहोस