Latest News

यी दुई मन्त्रीले दिए पदबाट राजीनामा, माओवादीबाट को–को बन्ने भए नयाँ मन्त्री ?

Nepalese Times August 29, 2022 (1 Year ago)    205 Views

काठमाडौं । कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।

शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेशसभा सदस्य रातो कामीलाई सिफारिस गरिएको छ । शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन्। माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो। प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन्।यसैगरी बैठकले चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ।

क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन्। यसैगरी बागमतीमा पर्ने सबै जिल्लाको चुनावी कमाण्डर पनि माओवादीले चयन गरेको छ। जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले गर्नेछन्। यस्तै भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका छन्। ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राईलाई कमाण्डर बनाउने निर्णय गरेको माओवादी बागमती समितिले जानकारी दिएको छ। काभ्रे जिल्लामा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर बनाएको छ।

दोलखामा देवी खड्का कमाण्डर चयन हुँदा रामेछापमा श्यामकुमार श्रेष्ठ बनेका छन्। यसैगरी सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी चुनिएका छन्। मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान कमाण्डर चुन्ने निर्णय भएको छ। नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ र विमला सुवेदी क्षेत्र नम्बर २ का लागि चुनावी कमाण्डर बनाइएका छन्।धादिङमा शालिकराम जम्कट्टेले एक्लै चुनावी कमाण्डर बनेका छन्।

प्रतिक्रिया दिनुहोस