Latest News

एमाले प्रवेश गर्ने रविन्द्र मिश्रको तयारी, सूर्य चिन्हबाटै चुनाव लड्ने !

Nepalese Times August 29, 2022 (1 Year ago)    216 Views

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक रवीन्द्र मिश्र एमाले प्रवेशको तयारी गरेका छन् । आइतबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेका मिश्र एमाले प्रवेशको तयारीमा रहेका हुन् ।

मिश्रले आफूहरुबीच साढे ६ बजेबाट ९ बजेसम्म साढे दुई घण्टा कुराकानी भएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेटसँगै मिश्रले प्रतिनिधिसभा चुनावमा नेकपा एमालेको चुनाव चिन्ह लिएर चुनाव लड्न लागेको चर्चासमेत भइरहेको छ । उनले आसन्न प्रतिनिधिसभा चुनावमा विजयी हुनका लागि एमालेको साथ खोज्दै बालकोट पुगेका हुन् । जवाफमा ओलीले पनि सूर्य चिन्ह लिएर चुनाव लड्न मिश्रलाई सुझाव दिएका छन् ।

भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नुपूर्व भोगेका जटिलता लगायत विषयमा कुराकानी भएको मिश्रले लेखेका छन ।

भेटमा ओलीले मिश्रलाई आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँका एक मुठ्ठी सिक्का उपहार दिएको पनि मिश्रले बताए । मिश्रले ओलीलाई आफूले धर्मसंस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्५ श्र भन्ने प्रश्न गरेको जवाफमा ओलीले अहिले पनि राति सुत्नुअघि कम्तीमा एक घण्टा पढ्ने गरेको बताएको मिश्रले उल्लेख गरे ।

‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’, मिश्रले लेखेका छन् ।

श्रोतका अनुसार ओलीले मिश्रलाई एमालेमा आउन आग्रह गरेका थिए । ओलीको प्रस्तावमा मिश्रले सकारात्मक जवाफ दिएका छन् । ओलीले मिश्रलाई काठमाण्डु–१ बाट उम्मेदवार बनाउने प्रस्ताव राखेका थिए । मिश्र ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट काँग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

भेटपछि मिश्रले यस्तो स्टाटस पोष्ट गरेका छन्:
ओलीजीसँग अढाई घण्टा!
“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।” उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।

ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।

सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”

अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!

प्रतिक्रिया दिनुहोस