Latest News

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, भयो यस्तो महत्वपूर्ण सहमति

Nepalese Times August 22, 2022 (1 Year ago)    485 Views

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए।

छलफलमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो ।

प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए । बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् ।

२०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए ।

आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।

बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो। माओवादी केन्द्रले यसअघि नै बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस