Latest News

भोलि नेपाल बन्द गर्ने घोषणा

Nepalese Times August 22, 2022 (1 Year ago)    284 Views

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धि/सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले भोलिको लागि नेपाल बन्दको घोषणा गरेको हो । ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।

 ‘चार क्रान्तिकारी कम्युनिस्ट पार्टी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एम.सी.सी.संझौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव क विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्व संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्पष्टै छ ।’ बैठक पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तर यो दलाल सरकार भने गैरजिम्मेवार तरिकाले प्रतिक्रिया विहीन भएर बसिरहेको छ ।’

‘राज्यको यो रवैयाको हामी कडा रुपले निन्दा गर्दछौं र यथासिघ्र एम.सि सि. र एस.पि.पि. पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दी कमरेडहरुको रिहाई र आकासिदो महङ्गी नियन्त्रण गर्न माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ।

राज्य आतङ्क राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामीसंग जनजागरण, जनहस्तक्षेप र जनसंघर्ष गर्नु बाहेक अर्को विकल्प नभएको चार पार्टीकाे निश्कर्ष छ ।

चार पार्टीमा विप्लव नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी ‘शुसिल’काे नेकपा माओवादी समाजवादी कम्युनिस्ट पार्टी रहेका छन ।

प्रतिक्रिया दिनुहोस