Latest News

सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गर्यो यस्तो महत्वपूर्ण निर्णय

Nepalese Times August 21, 2022 (1 Year ago)    249 Views

काठमाडौं – नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ ।

कांग्रेस सांसद गिरिको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। गिरिको पार्थिव शरीरलाई आइतबार ११ बजेदेखि पार्टी कार्यालयमा राखिएको हो। २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने कार्यक्रम छ । त्यसपछि स्वर्गीय गिरिको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने काँग्रेसले जनाएको छ ।

श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय नेताहरु सानेपा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनको पार्थिव शरीरमा फुलमाला चढाएर श्रद्धाञ्जली ब्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस