Latest News

मकवानपुर–२ मा विरोध खतिवडा प्रतिनिधिसभा उम्मेदवार सिफारिस

Nepalese Times August 21, 2022 (1 Year ago)    436 Views

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मकवानपुरको क्षेत्र नम्बर–२ बाट पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी क्षेत्र नम्बर २ को शनिबार बसेको बैठकले खतिवडालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।

आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए।

आसन्न चुनावका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ को एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय लिएको हो।

लगातार चार पटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो।खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए।

यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ।

आजै बसेको प्रतिनिधिसभा २ को प्रदेश क र ख को लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रिय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस