Latest News

सत्तारुढ दललाई तनाव हुनेगरी निर्वाचन आयोगले दियो यस्तो निर्देशन, के गर्ला देउवा सरकार ?

Nepalese Times August 20, 2022 (1 Year ago)    269 Views

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई प्रभावित पार्दै बजेटमा नभएका कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

एक विज्ञप्ति जारी गर्दै आयोग प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्नरनगराउन निर्देशन दिएको बताए ।

आयोगले तीन वटै तहका सरकारलाई निर्देशन दिएको हो। यसले मतदातालाई प्रभावित पार्ने र निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने भन्दै यस्ता कार्यक्रम सञ्‍चालन तथा कार्यान्वयन नगर्नर नगराउन निर्देशन दिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको पदावधि सकिनै लागेको बेलामा विभिन्न प्रदेशहरूमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम लगायतका विभिन्न नामका सम्बन्धित सभाबाट एकमुष्ठ रूपमा बजेटमा तोकिएका कार्यक्रमहरू निर्वाचनको मिति घोषणा भैसकेपछि छनोट गर्ने गरी कार्यक्रम सञ्चालन गर्न थालेको भन्ने जानकारीमा आएको विज्ञप्तिमार्फत उनले भनेका छन् ।

आयोगले विपद् वा महामारीको पूर्वतयारी वा कुनै विपद्को अवस्था परी विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने परेमा वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सोको सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्नेबाहेक अरू आयोजना तथा कार्यक्रम सञ्चालन नगर्ननगराउन निर्देशन दिएको हो।

यस्तै आउँसो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा मंसिर ३ गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने भएका छन् ।निर्वाचन आयोगले मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने निर्णय गरेको छ ।

आयोगले मंसिर ४ गते तय भएको आम निर्वाचनमा साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले भोट हाल्न पाउने गरी ‘कट अफ डेट’ निर्धारण गरेको हो ।

मिति २०७९–०४–१९ (निर्वाचन घोषणा भएको दिन) सम्म मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये मिति २०७९र०८र०३ सम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएको आयोगले जाी गरेको विज्ञप्तिमा भनिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस