Latest News

गठबन्धनमा सिट बाँडफाँडः कांग्रेसलाई ९०, माओवादी ४०, माधव र उपेन्द्रलाई कति ?

Nepalese Times August 16, 2022 (1 Year ago)    316 Views

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे सहमति जुटेको छ ।

कांग्रेसनिकट उच्च स्रोतको अनुसार कांग्रेसले प्रत्यक्षतर्फको १६५ सिटमध्ये ९० सिट लिने सहमति भएको छ ।

सुरुमा कांग्रेसले १०० सिटमा दाबी गरेको थियो । तर, माओवादीले कुनैपनि हालतमा १०० सिट नदिने अडान लिएको थियो ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजानुपर्ने दबाबलाई बुझिदिन आग्रह गरेपछि असन्तुष्ट नेताहरुले लचकता देखाएका छन् । खासगरी शेखर कोइराला समूहले १०० सिटभन्दा एक सिट पनि तल झर्न नसकिने अडान लिएको थियो ।

यो बीचमा भएको गठबन्धनका शीर्ष नेताहरुको लगातारको छलफलले सिट बाँडफाँडबारे मोटामोटी सहमति गरेको छ । गठबन्धनका ठूलो घटक कांग्रेस र माओवादी केन्द्रले क्रमशः ९० र ४० सिट लिने सहमति भएको छ ।

यस्तै, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १८ र उपेन्द्र यादव नेतृत्वको जसपाले १६ सिट लिने सहमति भएको छ भने जनमोर्चाले १ सिट लिने भएको छ ।

बाबुराम भट्टराई, महिन्द्र राय यादव र बामदेव गौतम भने माओवादी केन्द्रकै ४० सिटमध्येबाट चुनाव लड्ने बताईएको छ । यसअघि भट्टराई र गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस