Latest News

किन फिर्ता गरिन् राष्ट्रपतिले नागरिकता विधेयक ? यस्तो छ संसदलाई पठाएको ८ बुँदे सन्देश (पूर्णपाठ)

Nepalese Times August 15, 2022 (1 Year ago)    373 Views

काठमाडौं –

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ ।

राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् ।

आफ्नो सन्देशमा उनले केपी ओलीका पालाको अध्यादेश किन प्रमाणीकरण गरियो र अहिलेको विधेयक किन फिर्ता गरियो भन्नेबारे जवाफ दिने प्रयाससमेत गरेकी छिन्।

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि प्राप्त भएको १५ दिनसम्म राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेर राखेकी थिइन्। १५ दिन पुगेपछि आइतबार उनले ८ बुँदे सन्देशसहित विधेयक संसदमा फिर्ता पठाएकी हुन्।

राष्ट्रपतिले विधेयक संसदमा फिर्ता पठाएपछि यसबारे दुईखाले तर्कहरु आइरहेका छन्। सत्ता पक्षले राष्ट्रपतिको कदमको आलोचना गरेको छ भने प्रतिपक्षी नेकपा एमालेले यसलाई स्वागत गरेको छ। जनमानसमा पनि यसबारे विपरीत धारणा आइरहेका छन्।

हेर्नुहोस् राष्ट्रपतिको सन्देशको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस