Latest News

यस्ता छन् मन्त्रिपरिषद बैठकका २४ महत्वपूर्ण निर्णयहरु (सूचीसहित)

Nepalese Times August 14, 2022 (1 Year ago)    420 Views

काठमाडौं ।

मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरेको छ।

साउन २६ मा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको हो।

सरकारले बजेटमार्फत् सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो। सोहीअनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सुनाउँदै भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालय शिक्षकको साउन १ देखि लागू हुने गरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ।’

सरकारले चालू आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर मर्यादाक्रम अनुसार तलब मिलान गर्न भन्दै अर्थ मन्त्रालयले अधिकृतस्तरका कर्मचारीहरुको तलब २४.२६ प्रतिशत, उपसचिवहरुको २३.३५ र २३.६३ र सचिवहरुको तलब १८.२१ प्रतिशतले वृद्धि गरेर नयाँ नयाँ तलवमान मन्त्रिपरिषदमा पठाएको सार्वजनिक भएको थियो । नायब सुब्बा र त्योभन्दा तलका कर्मचारीहरुको तलबमा भने १५ प्रतिशत वृद्धि नै लागू गरेर तलवमान प्रस्ताव गरिएको थियो ।

मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

भदौ ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा बैककमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।

जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको छ ।

नसिम राइनको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने र मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको सेवा आयोगको सदस्य तोक्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

‍‍‍‍====

 

प्रतिक्रिया दिनुहोस