Latest News

माधव नेपालको क्षेत्रबाट चुनाव लड्ने राप्रपा नेतृ पोखरेलको घोषणा, को हुन् पोखरेल ?

Nepalese Times August 13, 2022 (1 Year ago)    472 Views

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा) की केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले संसदीय चुनाव उठ्ने घोषणा गरेकी छन्। राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव उठन लागेको उनले बताइन्।

शनिबार भएको राप्रपाको बृहत् संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै निर्वाचनमा उठ्ने उद्घोष गरेकी थिइन्। ‘काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाव लड्दै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा विधिबाट म उम्मेदवारका रूपमा छानिएँ भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु’ उनले भनिन्।

महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेको नाताले म क्षेत्र नम्बर २ मा संसदीय चुनाव उठन पाऊँ भनेर पार्टीलाइ पनि अनुरोध गरेकी छिन्।

‘काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदीय चुनाव जित्ने आसा व्यक्त गरिन्। वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्वसम्मत रूपमा सबैको सहमति भएर आएमा चुनाव जित्ने बताइन्।

पोखरेलले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपासँग गठबन्धन गरेर दुई पार्टी मिली देश जोगाउन सहकार्य गरेर चुनाब लड्न आग्रह गरेकी छन्।

पोखरेलले प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेकोमा आपत्ति प्रकट गरिन् । यसले ३ करोड नेपाली ६ करोड हुन कति पनि समय नलाग्ने उनले दावी गरिन् ।

उनले भनिन् ‘केही समय अघि प्रचण्ड भारत गएका थिए । दिल्लीमा नागरिकता विधेयकको विषयमा केही त छलफल भयो । त्यसपछि मात्रै यो विधेयक पारित भएको छ । यसरी खुरुखुरु नागरिकता दिने हो भने ३ करोड नेपाली ६ करोड हुन कुनै समय लाग्दैन ।’

उनले उक्त विधेयकबाट भारतीय नागरिक हाम्रो देशको कार्यकारी पदसम्म पुग्ने बाटो खुला गरिएको समेत बताएकी छन् । उनले भनिन् ‘यसरी सहजै भारतीय नागरिकले नेपाली नागरिकता पाउने हो भने भोलि देशको कार्यकारी पदमा अरू कुनै देशको नागरिक पुग्न समय लाग्दैन । यो सोच्नुपर्ने विषय हो ।’

त्यस्तै पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले राप्रपालाई छैटौँ सातौँ पार्टी हुने छुट नभएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने ‘आजको आवश्यकता भनेको राप्रपा हो भन्ने जनताले बुझिसकेका छन् । जनता झुक्क्याउने, झुट बोल्नेहरूको खैर छैन । अब राप्रपालाई छैटौँ वा सातौँ पार्टी भएर कदापि उचित छैन । मेरो स्वास्थ्य अवस्था त्यति ठिक छैन । कुन्तीको लागी मात्रै आएको थिए । सबै जना आजैबाट जोडतोडका साथ अघि बढ्नुहोस् ।‘

त्यस्तै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य पोख्रेलले उम्मेदवारीका लागि इच्छा देखाएको गरेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने ‘म एकदमै खुसी छु कुनै बेला उम्मेदवार नपाएर हैरान हुन्थ्यो । अब खुलेर म उम्मेदवार बन्छु भन्नेहरूको संख्या बढेको छ । पार्टीको नीति, आन्तरिक छलफल, अन्य कमिटीहरूको सिफारिस सबै हेरेर उम्मेदवार निश्चित गर्नेछौँ ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री तथा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले पोख्रेलको इच्छाको विषयमा पार्टीमा छलफल हुने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस