Latest News

निहारिका प्रकरणमा राष्ट्रपति भण्डारीले पनि मुख खोलिन्, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर के–के भनिन् ?

Nepalese Times August 13, 2022 (1 Year ago)    378 Views

काठमाडौं ।

निहारिका राजपूत प्रहरण यतिबेला चर्चाको विषयमा रहेको छ । नायिका करिश्मा मानन्धरले उनका नीजि तस्बिरहरु सार्वजनिक गरिदिएसँगै उनी झनै चर्चाको केन्द्रमा रहेकी छिन् ।

न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतले राष्ट्रपति कार्यलय शितल निवास अगाडि आत्मतह गर्ने प्रयास गरेलगत्तै मानन्धरले निहारिकाका नीजि तस्बिरहरु सार्वजनिक गरेकी हुन् ।

यो प्रकरण झन बढि चर्चाको केन्द्रमा रहेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत चासो दिएकी छन् । उनले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराइन् ।

निहारिकाको मुद्दाबारे आज राष्ट्रपतिसँग कुराकानी भएको कानून मन्त्री बन्दीले पुष्टि गरेका छन् ।

राष्ट्रपतिज्यूबाट चासो व्यक्त भएको र आफूहरुले यो मुद्दाको विषयमा अवगत गराउँदै यसलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

निहारिकाले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग राखेकी छन् । मन्त्री बन्दीले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि अवगत गराएका थिए ।

राष्ट्रपतिको मुख्य सल्लाहकार नै सरकार भएकाले विभिन्न सन्दर्भमा कानून मन्त्री र महान्यायाधिवक्ता परामर्श गर्ने प्रक्रिया नियमित भएको राष्ट्रपतिका सञ्चार सल्लाहकार टिका ढकालले बताए । आजको भेटमा निहारिकाको सन्दर्भमा राष्ट्रपतिबाट गम्भीरतापूर्वक चासो व्यक्त भएको उनले बताए ।

स्रोतका अनुसार निहारिका अनशन बस्नु अगाडि पनि राष्ट्रपतिको कार्यालयमा उनको मुद्दाका विषयमा विभिन्न च्यानलहरूबाट जानकारी आएका थिए । त्यसमा राष्ट्रपतिले महिला आयोगलगायतका सरकारका विभिन्न अंगहरुसँग कुराकानी गरेर यस मुद्दालाई न्यायपूर्ण निष्कर्षमा पुर्‍याउन आग्रह गरिरहेकी थिइन् ।

न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूत अहिले टिचिङ अस्पतालमा रहेकी छिन् । टिचिङ अस्पतालमा उपचाररत उनलाई आज काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले  भेटेका छन् ।

निहारिकालाई भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्लै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस