Latest News

नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका प्रचण्डलाई यसरी गरे अपमान !

Nepalese Times July 17, 2022 (1 Year ago)    313 Views

काठमाडौं ।

भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगबीच भेट नहुने भएको छ ।

उनीहरुबीच भेट हुने भनिएपनि उनीहरुबीच अन्तिम समयमा आएर भेट नहुने भएको हो । अध्यक्ष प्रचण्ड मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन् । आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि दाहाल त्यहीँबाट स्वदेश फर्कन लागेका हुन् ।

आइतवार काठमाडौं फर्कनुअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने बताइएको थियो । तर, अन्तिम समयसम्म पनि मोदीले प्रचण्डसँग भेटको लागि समय नदिएको बताइएको छ ।

नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् ।

भ्रमणमा सँगै रहेका दाहालका स्वकीय सचिव रमेश मल्ले अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा आएको र आफूहरुको भ्रमण फलदायी भएको बताए ।

यस्तै भारत भ्रमणमा रहेका मा‌‌ओवादी केन्द्रका अध्यक्ष दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् ।

भाजपा कार्यालयमा आइतबार अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो जानकारी दिएका हुन् । ‘दुई पार्टीको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध बलियो बनाउनका लागि राम्रोसँग बढाउनुपर्नेलाई नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु’ भेटपछि दाहालले भने ।’

उनले भने – ‘कहिले बीजेपीको निमन्त्रणमा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।’ दाहालले भाजपा अध्यक्षसँगको भेटबाट निकै उत्साहित रहेको बताए ।

भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको उनले उल्लेख गरे । ‘तपाईंहरुलाई थाह छँदैछ, म भाजपा अध्यक्षको निम्तोमा यहाँ आएको हुँ,’ उनले भने ‘दुनियाँकै सबभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा भाजपा स्थापित छ । आज यसको कार्यालयमा आएर यहाँको व्यवस्थापन, पार्टी कार्यालय कसरी चलेको छ लगायतबारे बुझेको छु ।’

प्रतिक्रिया दिनुहोस