Latest News

नेपाल गाँजा पार्टी गठन हुँदै, भीम उपाध्यायले लेखेको यस्तो स्टाटसले खैलाबैला

Nepalese Times July 16, 2022 (1 Year ago)    429 Views

काठमाडौं ।

संसदीय चुनावको मिति घोषणा नहुँदै राजनीतिक गतिविधि निक्कै नै गर्मराइसकेको छ ।

स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र व्यक्तिहरुले चुनावमा जित हाँसिल गरेसँगै कतिपयले स्वतन्त्र उम्ेमदवारी दिने तयारी गरेका छन् भने कतिपय ले नयाँ पार्टी गठन सुरु गरेका छन् ।

स्वतन्त्र उम्मेदवारहरुको जितले हौसिएका काठमाडौं माहनगरपालिकाका मेयर प्रत्यासी सुमन सायमीले देशभरका स्वतन्त्र उम्मेदवारहरु एकजुट हुनुपर्ने भन्दै नयाँ धारको राजनीतिक गतिविधि सुरु गरेका छन् ।

यस्तै संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उनले नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेर देश दौडाहमा निस्किसकेका छन् ।

यसैक्रममा केही दिनदेखि गाँजा पार्टी गठनको तयारी भएको खबर बाहिरिएको छ । त्यहि खबरलाई पुष्टि गर्नेगरी पूर्वसचिव भीम उपाध्यायले लेखेको एउटा स्टाटसले सबैको ध्यान केन्द्रीय गरिरहेको छ ।

उनले लेखेका छन्, अब नयॉ नेपाल गाउँसहर जागरण पार्टी’ (गाजा पार्टी) को प्रतिक्षामा ।’

सम्भवत अर्को साता निर्वाचन आयोगमा नयाँ दल नेपाल गाँजा पार्टी दर्ता गर्ने गरी तयारी थालिएको त्यस पार्टीका एक नेताले बताएका छन् ।

हाल यो दलका लागि पार्टीको विधान लेख्ने काम भइरहेको नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक जोसेफ मदन कोइरालाले जानकारी दिए ।

नेपाल सरकारले गाँजालाई वैधानिकता नदिएका कारण नयाँ दल खोल्न बाध्य भएको संयोजक कोइरालाले रातोपाटीलाई जानकारी दिए ।पाटीको लागि २१ जना कार्यसमिति तयार रहेको र राजनीतिक बुझेको, नेतृत्व गर्ने क्षमता भएको अध्यक्षको खोजी भइरहेको उनले बताए ।

कोइरालाले भने– ‘अर्को हप्ता पार्टी दर्ता गर्ने योजना बनाएर काम गरिरहेका छौँ । पार्टीको विधान लेख्ने काम भइरहेको छ । २१ जनाको कार्यसमिति पनि तयार पारेका छौँ तर संयोजक वा अध्यक्ष तोक्ने काम भएको छैन । हामी राजनीति पृष्ठभूमिको व्यक्ति नभएको हुनाले राजनीति बुझेको र सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने पार्टीको प्रथम व्यक्तिको खोजी गरिरहेका छौँ । गाँजाबारे बुझेको र सक्षम ब्यक्ति भेटिने वित्तिकै अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने योजनामा छौँ ।’

नेपाल गाँजा वैधानिक महाअभियान अन्तर्गत सामाजिक सञ्जालमा ५ लाख सदस्य रहेको र ५० हजार जुनसुकै बेला सम्पर्कमा रहने सदस्यहरु रहेको उनले बताए ।

नेपालमा गाँजा खेती र विक्रीलाई वैधानिक बनाउने, घर घरमा उद्यमी बनाउने र घर घरबाटै रोजगारी सिर्जना गरेर नेपाललाई आत्मनिर्भर मुलुक बनाउने पार्टीको उद्धेश्य रहेको कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस