Latest News

प्रचण्ड र आरजु राणा एकै ठाउँमा यस्तो अवस्थामा भेटिएपछि खैलाबैला !

Nepalese Times July 16, 2022 (1 Year ago)    628 Views

काठमाडौं ।

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा दिल्लीस्थित नेपाली राजदूतावासमा पुगेका छन् ।

दूतावासमा प्रचण्ड र राणा नेपाली राजदूत डा. शंकर शर्मासँग छलफल गरिरहेका छन् ।

प्रचण्ड ३ दिने भ्रमणका क्रममा शुक्रवार दिल्ली पुगेका छन् भने राणा त्यसअघि नै दिल्ली पुगेकी थिइन् । दुवैले दिल्लीमा रहँदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकैपटक भारत पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

संसदीय चुनावको मिति तोक्ने तयारी भइरहँदा उनीहरु भारत भ्रमणमा निस्किएसँगै नेपाली राजनीतिमा थप तरंग पैदा भएको छ ।

केही दिनअघि मात्रै चिनियाँ टोलीले नेपाल भ्रमण गरेको र लगत्तै प्रचण्ड र आरजु भारत भ्रमणमा निस्किएपछि यसमा कुनै रणनीति मिसिएको भन्दै खैलाबैला मच्चिएको छ ।

पछिल्लो समय सत्ता गठबन्धन ट्टाउन विभिन्न चलखेलहर सुरु भएका छन् । नेकपा एमालेका नेताहर जसरी हुन्छ सत्ता गठबन्धन टुटाउनुपर्ने मिसनसहित अघि बढेका छन् ।

 

प्रतिक्रिया दिनुहोस