Latest News

साउन २० गतेसम्म विद्यालय बन्द गर्ने सरकारी निर्णय, यस्तो छ कारण

Nepalese Times July 15, 2022 (1 Year ago)    293 Views

वीरगन्ज ।

गर्मी बढेसँगै धमाधम विद्यालय बन्द हुन थालेका छन् । पालिकामार्फत आवश्यकता अनुसार विद्यालयहरु बन्द हुन थालेका हुन् ।

पालिकाभित्र के गर्ने भन्ने अधिकार पालिकाहरुलाई नै दिइएकोले पालिकाहरुले विज्ञप्ति प्रकाशित गर्दै धमाधम विद्यालय बन्द गर्ने र खुलाउने निर्णय गरिरहेका छन् ।

यसैक्रममा वीरगन्ज महानगरपालिका मातहात रहेका विद्यालयहरु साउन २० गतेसम्म बन्द हुने भएका छन् ।

अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरपालिका मातहात रहेका सबै विद्यालय बन्द हुने भएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले नाएको छ ।

महाशाखाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बिदा हुने जनाएको छ ।

यसअघि बढ्दो गर्मीका कारण महानगरपालिकाले असार २८ देखि ३१ सम्मका लागि सबै विद्यालयहरुको पठनपाठन बन्द गरेको थियो ।

मौसम प्रतिकूलता अझ बढ्दै गएकोले शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे बिदा उल्लेख भए तापनि त्यसलाई संशोधन गरी साउन १ देखि २० गतेसम्म वर्षे बिदा गरिएको शिक्षा अधिकृत हरि राउतले बताएका छन् ।

यसैगरी, पर्साको पोखरिया नागरपालिका, धोबिनी र पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि २८ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यि दुई पालिकामात्रै नभएर देशका अरु पालिकाहरुले पनि आवश्यकता अनुसार विद्यायलय बन्द गरिरहेका छन् । केही वर्षअघि गर्मी महिना र जाडो महिनाको विदाको निर्णय केन्द्र सरकारले नै गर्दै आएको थियो । देशभरका पालिकाहरुलाई अधिकार प्रदान गरेपछि पालिकाहरुले नै निर्णय गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस