Latest News

हेर्नुहोस् असार ३२ गते शनिवारको राशिफल

Nepalese Times July 15, 2022 (1 Year ago)    360 Views

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

न्यायीक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्दा आगामी दिनमा उत्पादन बढाउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु केही मात्रामा बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै विजय भईनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – अरुको विस्वास जिती काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । कामगर्ने भन्दा आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्र्रिय घट्ना नघट्ला भन्न सकिन्न ।साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – छोटो तथा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आँट,शाहस तथा पराक्रम गर्न नसक्दा हातमा आईसकेको काम अरुकै हातमा पर्नेछ । विवाद तथा न्यायीक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रेममा मनमुटाव तथा धोका हुनेछ । आफन्त,छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय वाजिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)- अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट सामान्य धन आर्जन हुनेछ । प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरीरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ । साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा कृषि पेशाबाट लाभ मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । साँझपख समय राम्रो रहेकोले व्यापारमा सामान्य वृद्धि हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – सिमित स्रोत तथा साधनबाट असिमित आवश्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादी हरुले फसाउन सक्छन् । दाजुभाई तथा आफन्तलाई विस्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्का विच मनमुटाव हुने तथा पति पत्नीविचको सम्बन्धमा अविस्वास बढ्नेछ । अन्यत्रै ध्यान जाँदा पढाई लेखाईमा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । साँझपख समय राम्रो रहेकोले प्रविधिको सहयोगले अध्ययनलाई निरन्तरता दिन सकिनेछ । बुवा तथा अग्रजहरुको सहयागले राम्रा काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ । आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । साँझपख कृषि तथा खेति किसानी काममा समय लगानी गर्दा आगामी दिनमा आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – माया प्रेममा नजिक हुने तथा छोटो यात्राको तय गर्न सकिनेछ । भौतिक वस्तु तथा बिलाशी सामानको प्रयोग गरी अरुको ध्यान तान्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ । कृषि क्षेत्रमा समय व्यतित हुने योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस