Latest News

सर्वोच्चले यस्तो फैसला गरेसँगै एआईजी पोखरेलमाथि लाग्यो ठूलो झट्का, गरे राजीनामाको घोषणा

Nepalese Times July 15, 2022 (1 Year ago)    344 Views

काठमाडौं ।

आइजिपी नियुक्तिसम्बन्धि विवादमा अदालतबाट पनि पराजित भएपछि नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतले उनले दायर गरेको रिट सर्वोच्चले अदालतले खारेज गरेको हो । मुद्दामा पराजित भएसँगै उनी सेवामा नफर्कने भएका छन् । उनी निकट स्रोतका अनुसार आइतबार राजीनामा दिने पोखरेलको तयारी छ । उनी १८ बैशाखदेखि नै बिदामा छन् ।

उमेरहदका कारण उनको जागिर अवधि पनि २० दिन मात्र बाँकी छ । ब्याचीलाई टपेर डिआइजी र एआइजीमा बढुवा भएका पोखरेल आइजिपीका एक्ला दाबेदार जस्तो थिए ।

तर, शेरबहादुर देउवा सरकारले धिरजप्रताप सिंहलाई रोजेपछि उनी अदालत गएका थिए । कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलाशले उनको रिट खारेज गरिदिएको हो ।

त्यसैगरी एआईजी बढुवाविरुद्ध मुद्दा दायर गरेका तीन डीआईजीको रिट पनि खारेजीमा परेको छ। सर्वोच्च अदालतबाट न्याय पाउने आशमा रिट हालेका उनीहरु यसअघि नै अवकाशमा गइसकेका छन्।

सर्वोच्च अदालतले उनीहरु पदमा बहाल रहुञ्जेल मुद्दाको सुनुवाइ नै नगरेपछि उनीहरुको माग अनुसार एआईजीमा बढुवा हुने सम्भावना सकिएको थियो। तर अवकाशमा गइसकेपछि शुक्रबार सर्वोच्चले एआईजी विश्वराज पोखरेलसँगै उनीहरूको पनि रिट खारेजीमा परेको छ।

डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। तर उनीहरुले रिट दायर गरेकै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीन डीआईजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

सर्वोच्चमा रिट दायर भइनसक्दै त्यसै दिन उनीहरुले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह लगाइसकेका थिए।

प्रतिक्रिया दिनुहोस