Latest News

पशुपतिमा जलहरी लगाउँदा यतिसम्म भयो !

Nepalese Times July 14, 2022 (1 Year ago)    573 Views

काठमाडौं ।

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा सुन हराएको प्रतिवेदन सार्वजनिक भएको छ ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सो सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि हुने विवरण नपाइएको उल्लेख गरेको छ ।

महालेखाले हराएको सुन कति हो भन्ने यकिन गर्न सकेको छैन । पशपति क्षेत्र विकास कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू ८० करोड ११ हजारमा खरिद गरेको थियो ।

विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनिएको थियो ।

बनेको जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको कोषले बताएको छ ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू।७ करोड ८६ लाख ४६ हजार रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ,’जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेपछि मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस