Latest News

ओली भेट्न चिनियाँ कम्युनिष्ट नेता बालकोटमा, के- के भयो कुराकानी ?

Nepalese Times July 12, 2022 (1 Year ago)    350 Views

काठमाडौं ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

भेटघाटका लागि जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराएका छन् ।

नेपालको चार दिने भ्रमणका लागि जियानचाओ आइतबार काठमाडौं आएका थिए । काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरी चिनियाँ टोली बुधबार स्वदेश फर्किने छ ।

प्रतिक्रिया दिनुहोस