Latest News

लोकसेवा परिक्षामा सोधियो अभिनेत्री सुरक्षा पन्तको नाममा प्रश्न

Nepalese Times July 11, 2022 (1 Year ago)    347 Views

काठमाडों ।

लोकसेवा आयोगले हालै लिएको एक परिक्षामा अभिनेत्री सुरक्षा पन्त सम्बन्धित पश्न समावेश गरिएको छ ।

असार २३ गते भएको नेपाली सेनाको अधिकृत क्याडेट पदको खुल्ला प्रतियोगितात्मक लिखित परिक्षामा नायिका पन्तसँग सम्बन्धित पश्न सोधिएको हो ।

सामान्य ज्ञान विषय अन्तर्गतका प्रश्नमा कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिड्ने पहिलो नेपाली अभिनेत्री को हुन् भनेर सोधिएको छ ।

उत्तरको विकल्पमा अभिनेत्रीहरु प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धरको नाम दिइएको छ ।

गत महिना फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त रेड कार्पेटमा हिडेकी थिइन् ।

अझैपनि फिल्मबाट सहायक अभिनेत्रीका रुपमा फिल्म क्षेत्रमा आएकी सुरक्षा पन्तले आमा, धनपति, गोपि जस्ता सफल फिल्ममा अभिनय गरेकी छन् ।

पेशाले इन्जिनियर समेत रहेकी पन्त आफ्नो सशक्त अभिनयका कारण लोकप्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस