Latest News

यस्तो छ आषाढ २७ गते सोमवारको राशिफल

Nepalese Times July 10, 2022 (1 Year ago)    647 Views

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाईमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनमा फाइदा बढ्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन् । आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर रहनाले सोचे जति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछ । हतारको निर्णयले पनि धोका हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । सहयोगीहरूले साथ र हौसला दिनेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
पठन पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । रुपैँया पैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ ।

प्रतिक्रिया दिनुहोस