Latest News

काठमाडौंका मेयर बालेनले लगाए नयाँ आईडिया, टेकुमा यसरी बनाइयो फोहोरको पहाड

Nepalese Times July 10, 2022 (1 Year ago)    461 Views

काठमाडौं ।

काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवाणु राखेर प्लाष्टिकले छोपेको छ । वर्षाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन ।

महानगरका मेयर बालेन्द्र शाहको सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालका अनुसार शहरको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो ।

यसरी छोपिएको फोहोरमा जीवाणु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्यून हुनेछ ।

अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । आज घाम लागेको छ । यो अवसरलाई छोपेर थप गाडी परिचालन र साइटमा फोहोरको मात्रा घटाउने इञ्जिनियर लम्सालको बताए ।

ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाएर त्यस अवस्थालाई कायम राख्ने प्रयास भएको छ । सवारीसाधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय-समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ । यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय-समयमा प्रयास हुने गरेका छन् ।

यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट आउने दुर्गन्ध हट्छ ।

यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा फैलिएको छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

प्रतिक्रिया दिनुहोस