Latest News

मत गणना सकियो, को-को भए विजयी ? (सूचीसहित)

Nepalese Times July 10, 2022 (1 Year ago)    584 Views

काठमाडौं ।

उच्च अदालत बार एसोसिएसन पाटनको अध्यक्षमा नेकपा एमाले-नेकपा एस निकट कानून व्यवसायी विजयी भएका छन् ।

देशभरका बार इकाईमध्ये सबैभन्दा बढी सदस्य रहेको पाटन उच्च अदालत बार एसोसियसनमा प्रगतिशील तथा पेसागत कानून व्यवसायी संगठन (पीपीएलए) र समाजवादी पेसागत कानून व्यवसायी संगठन (एसपीएलए) को संयुक्त प्यानलबाट अध्यक्ष अधिवक्ता शान्तिराम खतिवडाको प्यानलै विजयी भएको हो ।

हिजो भएको मतदानको नतिजाअनुसार खतिवडाले १०६६ मत ल्याउँदा अधिवक्ता रामकृष्ण शर्मा २७१ मा रोकिए । त्यस्तै उपाध्यक्षमा नारायण खरेललाई उछिन्दै अधिवक्ता रामचन्द्र न्यौपाने विजयी भए ।

सचिवमा अधिवक्ता रविन्द्र कुमार ढुंगाना निर्वाचित भएका छन् । उनले शान्ती लक्षमी कक्षपतीलाई पराजित गर्दे १००१ मतसहित सचिवमा विजयी हाँसिल गरेका हुन् । कक्षपतिले ३०९ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा अधिवक्ता मिलन श्रेष७ ९६४ मतसहित विजयी भएका छन् । यस्तै महिला सदस्यमा २ जना र अरु सदस्य पदमा १२ जना निर्वाचित भएका छन् ।

‍‍‍====

प्रतिक्रिया दिनुहोस