Latest News

यस्ती देखिइन् मेहेन्दी समारोहमा अभिनेत्री नीता ढुंगाना (फोटो फिचर)

Nepalese Times July 7, 2022 (1 Year ago)    492 Views

काठमाडौं ।

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी यही असार २४ गते बिहे गर्दैछन्। बिहेअघि उनले मेहेन्दी समारोह आयोजना गरेकी छन्।

उनले आफ्नो फेसबुकमार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अन्ततः मेहेन्दी लगाइयो।’सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी नीता आकर्षक देखिएकी छन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहे गर्न लागेका हुन्।

उनीहरूको विवाहमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्। रिसेप्सनका लागि ‘गजनी’का भिलेन प्रदीपसिंह रावत पनि आउने चर्चा छ। बिहेपछि नीता र हरिहर फिल्म ‘ह्रस्व दीर्घ’मा व्यस्त हुनेछन्।

‍‍‍

===

====

====

===

 

 

प्रतिक्रिया दिनुहोस