Latest News

सिक्किममा पक्राउ परेकी खोटाङकी चर्चित युट्युबर उमा राई रिहा

Nepalese Times January 1, 2024 (4 Month ago)    517 Views

काठमाण्डौ । सिक्किममा पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई त्यहाँको प्रहरीले रिहा गरेको छ । सिक्किमको सञ्चारमाध्यम द सिक्किम क्रोनिकल्सका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो ।

उमामाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेको र बोलाएको बेलामा अदालतमा हाजिर हुन आउनुपर्ने खबरमा उल्लेख छ । साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले अस्ति शनिवार उमालाई पक्राउ गरेको थियो ।

राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस