Latest News

चर्चित युट्युबर उमा चाम्लिङ राई पक्राउ, गल्ती के थियो ?

Nepalese Times December 31, 2023 (4 Month ago)    2114 Views

काठमाडौं । खोटाङकी चर्चित युट्युबर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छिन् । सिक्किमको लोकसेमा आयोजना भएको साकेला नाचमा निम्तो दिएको भिडिओ सार्वजनिक गरेकी उनलाई त्यसैको आधारमा पक्राउ गरिएको हो ।
सिक्किमको राजधानी गान्तोकबाट पुगेको प्रहरी टोलीले उमालाई पक्राउ परेको हो । सिक्किमको सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य सिला राईले दिएको जाहेरीको आधारमा उमा पक्राउ परेको भारतीय मिडियाहरूले जनाएका छन् । राई शनिवार पक्राउ परेकी हुन् ।

आगामी चुनावलाई लक्षित गरेर उमा राईले साम्प्रदायिक तथा आतङ्ककारी हिंसा भड्काउन षडयन्त्र गरेको आरोप उनीमाथि लागेको छ । उमा राईले सिक्किमका विभिन्न समुदायको सामुदायिक हिंसा भड्काउन प्रवद्र्धन गरेको भन्दै परेको निवेदनको आधारमा पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सिक्किमको सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चाले एक विज्ञप्ति जारी गरेर पवन चाम्लिङको जातिवादी राजनीतिमा उमा चाम्लिङलाई सिक्किम बोलाइएको आरोप लगाईएको छ । राईले केही दिनअघि सामाजिक सञ्जालमा सिक्किमका राई समुदायका नागरिकहरूलाई आफ्नो अधिकारका लागि उभिन आह्वान गरेकी थिइन् । शिला राईले यो भिडियो देखेपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस