Latest News

जीबी राईलाई रवि लामिछानेले नै भगाएको आशंका, वचतकर्ताले घेर्न थाले रास्वपाको पार्टी कार्यलय (भिडिओ)

Nepalese Times December 27, 2023 (4 Month ago)    417 Views

काठमाडौं । रवि लामिछानेका बिजनेस पार्टनर जीबी राई कुन दुलोभित्र लुकेर बसेका छन् पत्तो छैन । तर उनी कहाँ छन् भन्ने कुरा रवि लामिछानेलाई राम्रैसँग जानकारी रहेको गुईंगुई सुरु भएको छ । एकपछि अर्को सहकारीबाट पैसा लिएर नतिरेको भन्ने विषय बाहिरिँदै गर्दा यसबाट रवि लामिछाने पनि अछुतो नरहेको प्रमाणहरु सार्वजनिक भईरहेका छन् । यसबाट बच्नकै लागि उनले ग्यालेक्सी टेलिभिजनको संचालक संस्था गोर्खा मिडिया नेटवर्क प्रालिका हाकिम जीबी राईलाई भगाएको सहकारीबाट पीडित वचतकर्ताहरुको आशंका छन् ।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लि. मा साहारा चितवन सहकारीबाट समेत ११ करोड ७१ लाख लगानी भएको खुलेको छ । त्यो पनि बिनाधितो । धितो नै नराखी निकालिएको झण्डै १२ करोड रुपैयाँ जीब्ी राई र रवि लामिछानेले फिर्ता नगरेको कागजातहरु बाहिरिएको छ ।

सहकारीको बचत निजी कम्पनीमा लगानी गर्न नपाइने कानुनमा उल्लेख छ । तर त्यसको पनि उल्लंघन गर्दै उनीहरुले सहकारीबाट पैसा लिए । अहिले सञ्चालक नै फरार भएपछि ८ हजार सर्वसाधारण करिब एक वर्षदेखि संघर्षमा रहेका छन् । गोर्खा मिडियामा १५ प्रतिशत सेयर लिएका तत्कालीन प्रबन्ध निर्देशक तथा आफ्नै क्षेत्रका सांसद लामिछानेलाई पटक–पटक भेटेको पीडितको भनाइ, उनीहरुले रास्वपाको पार्टी कार्यलयमासमेत फाइल बुझाएका छन् । तर रास्वपा सभापति लामिछानेलेसमेत यसलाई ढाकछोप गर्दै मौन बस्दै आएका छन् ।

यतिबेला सर्वसाधारणको बिचल्ली बनाएर राई फरार छन् भने बचतकर्ताले आवाज उठाउँदा पनि लामिछाने मौन छन् जबकि यसका पीडित उनको निर्वाचन क्षेत्र चितवन–२ का मतदाता पनि हुन् । सडकमा मकै पोल्ने, ठेलागाडामा तरकारी बेच्ने, गाईभैंसी पालेर दूध बेच्ने तथा किराना र फेन्सी पसल चलाउने सर्वसाधारणले आपसी सहकार्यको उद्देश्यले संकलन गरेको रकममध्येबाट ११ करोड ७१ लाख रुपैयाँ नाफामूलक गोर्खा मिडिया नेटवर्कमा लगानी गरिएको थियो ।

राईको नेतृत्वमा विभिन्न सहरमा खुलेका सहकारी अहिले धमाधम बन्द भएका छन् । उनकै नेतृत्वमा चितवनमा सञ्चालन हुँदै आएको यो सहकारीको ८४ करोड ९१ लाख १६ हजार ९ सय २२ रुपैयाँ हिनामिना भएपछि करिब आठ हजार बचतकर्ता अत्तालिएका छन् । चितवनको यो सहकारीबाट झन्डै १२ करोड ऋण लिने कम्पनीमा लामिछाने १५ प्रतिशतको साझेदार थिए । गोर्खा मिडिया नेटवर्कको सेयर लगतअनुसार राईको स्वामित्वमा १० लाख २० हजार कित्ता ८५ प्रतिशत र लामिछानेको स्वामित्वमा एक लाख ८० हजार कित्ता १५ प्रतिशत सेयर थियो । यही कम्पनीले चितवनको साहारा बचत तथा ऋण सहकारीबाट ११ करोड ७१ लाख लिएर हिनामिना गरेको पुष्टि भएको हो ।

लामिछानेले आफूहरूले ऋण लिएको भए धितो देखाउन चुनौती दिँदै आएका छन्, तर विडम्बना के छ भने सर्वसाधारणको पसिनाको बचत आफ्नो निजी कम्पनीमा लगानी गर्दा धितोसमेत नराखी गम्भीर वित्तीय अपराध गरेको देखिएको पीडितहरूको भनाइ छ । रवि लामिछाने अहिले कुनै एउटा व्यक्ति होइनन । उनी त देशको प्रधानमन्त्री नै बन्छु भनेर हिँडेर मान्छे हुन् । देशकै बागडोर सम्हाल्छु भन्नेले यसरी वचतकर्ताको बिचल्लि बनाउन मिल्दै मिल्दैन । उनी अहिले पनि बहालवाला सांसद हुन् । त्यतिमात्रै कहाँ हो र ? पार्टी सभापति नै रहेका उनी समस्यााबट भाग्न मिल्दैन । पैसा लिएको हो भने त्यसलाई सल्ट्याउनुपर्यो । हैन भने जीबी राई कहाँ छन् ? खोज्न सहयोग गर्नुपर्यो । म यसमा संलग्न छैन भन्दै मौन बस्ने छुट लामिछानेलाई छैन ।

प्रतिक्रिया दिनुहोस