Latest News

प्रधानमन्त्री प्रचण्डका सुरक्षा गार्डले गरे आत्मह त्या

Nepalese Times December 24, 2023 (4 Month ago)    932 Views

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व सुरक्षा गार्डसमेत रहेका जनमुक्ति सेना नेपालका कमाण्डर तुलासिंह भुल ‘जटिल’ले आत्मह त्या गरेका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका अनुमानित ४५ वर्ष उमेरका जटिल रोजगारीको शिलशिलामा भारतको महाराष्ट्रमा रहेको उरन शहरमा थिए । जटिलले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।

जनमुक्ति सेना नेपालको सातौ डिभिजन अन्तरगत लोकेश स्मृति विग्रेड अन्तरगतको दुई नम्बर बटालियन सह कमाण्डर रहेका जटिल माओवादी १० वर्षे जनयुद्धबाट बिश्राम लिएर शान्ति प्रक्रियमा आइसकेपछि प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का करिव एक वर्ष सुरक्षा गार्ड बसेका थिए ।

शान्ति प्रक्रियापछि स्वैछिक अवकाश लिएपछि माओवादी एवम सरकारले जनमुक्ति सेनको उचित व्यवस्थापन नगरेकोमा असन्तुष्ट थिए । करिव एक वर्ष अघि जटिलका छोरा कमल भुलको सवारी दुघर्टनामा परेर भारतमा नै मृ त्यु भएपछिदेखि मानसिक स्वास्थ्य समस्यामा थिए ।

प्रतिक्रिया दिनुहोस