Latest News

नेपालका भावी प्रधानमन्त्री विदेशी भूमीमा पानीको बोरिङ खन्दै (भिडिओसहित)

Nepalese Times December 24, 2023 (4 Month ago)    427 Views

काठमाडौं । नेपालको प्रधानमन्त्री बन्छु भनेर हिँडेका व्यक्ति हुन् सागर ढकाल । त्यहि लक्ष पुरा गर्नकै लागि उनले डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडे पनि । शेरबहादुर देउवालाई हराएरै छाड्ने, जितेर यहि कार्यकालमा प्रधानमन्त्री बन्ने उनको सपना थियो । तर, उनले सम्मानजनक भोट त ल्याए, देउवालाई हराउन भने सकेनन् ।

शेरबहादुर देउवासँग चुनाव हारेका सागर ढकाल अहिले कहाँ छन् त ? रवि लामिछानेहरु जस्तै मिसन ८४ मा होमिएका छन् कि के गर्दै छन् ? या नेपालको कुनै गाउँ, कुना कन्दरातिर सामाजिक काममा व्यस्त भईरहेका छन् ? पेशाले ईन्जिनियर रहेका उनलाई अहिले नेपाली भूमिमा खोज्न थालियो भने भेट्टाउनुहुन्न ।
नेपालको प्रधानमन्त्री नै बन्ने भनेर हिँडेका उनी आफ्नो मिसनलाई सफल बनाउन नेपालमै केही न केही गरिरहेका हुनुपर्ने हो । तर चुनावलगत्तै एकाएक चर्चाको केन्द्रबाट बाहिरिएका उनी अहिले भने विदेशी भूमिमा पानिको बोरिङ खन्दै गरेको अवस्थामा भेटिएका छन् ।

ल्याटिन अमेरिकामा रहेको अमेजनको विशाल जंगल संसारकै सबैभन्दा ठूलो जंगल हो । यो जंगल ल्याटिन अमेरिकाका ९ वटा मुलुकसम्म फैलिएको छ ।
हो त्यहि अमेजनको जंगलबाट पानीको काम गर्न उनी अहिले युक्रेन पुगेका छन् । अहिले पनि रुस र युक्रेनबीचको विवाद मिलेके छैन । त्यहि रुस–युक्रेन बोर्डरको गाउँहरुमा उनी पानीको बोरिङ खन्ने र मर्मत गर्ने काम मा व्यस्त भएका हुन् । उनले त्यहाँ ५ ठाउँमा बोरिङ र मर्मतको काम गर्दै छन् ।

उनले सामाजिक संजाउलमार्फत यसबारे जानकारी दिँदै अर्को दुईहप्ता पोल्यान्डबाट फिनल्यान्ड र त्यहाँबाट पनि स्वीडेन हुँदै नर्वे पुग्ने कार्यसूची छ । अनि मात्रै उनी नेपाल आउने छन् । उनले लेखेको स्टाटसमा कमेन्ट गर्नेहरुमध्ये कतिपयले संधै विदेशी नागरिकलाई मात्रै कति पानी खुवाउँछौँ ? नेपाली नागरिकलाई पनि आएर पानी खुवाउनुपर्ने भनिरहेका छन् ।

कमेन्टरहरुमध्ये उत्तम डांगीको विचार छ्, ‘नेपाल आएर काम छैन बरु हामिलाइ पनि त्यो प्रोजेक्ट मा बेल्चा लगाउने र झप्पल हान्ने काम मिल्छ कि नाइ आउनु पर्यो। मिल्छ भने नेपालमा अब बस्न पनि सकिन्न देउवा हरुले सकिसक्यो देश ।’

राजेन्द्र खड्का लेख्छन्, ‘छिटो नेपाल आउ सागर भाई डडेलधुराको डाँडाबाट देउवालाई फेरि पनि पराजित गराउनुपर्छ ।
मनोज बोहरा लेख्छन्, ‘डडेलधुरा मा आएर बनाउनु परो दाइ अब कति अरु को देश बनाउने गर्नु हुन्छ आफ्नो देश बनाउनेतर्फ लागौं

तेन्जिङ शेर्पा लेख्छन्, कहाँ त्यता बसिराको भाई उता डडेलधुरा तिर काम गर्नु पर्छ अर्को तालि शेरबहादुर देउवालाई हराउन सकिएला त युक्रेन बसेर
गणेश ज्ञवाली लेख्छन्, एउटा होनहार युवालाई मतदाताले चिन्न सकेनन । बिदेसी रुले खोजीखोजी लगेर जटिल ठाउमा बिकास गरिराखेका छन मेरो काङ्ग्रेस एमाले माओवादी

कुमार तामाङ लेख्छन् – खानेपानी र सिन्चाईको लागि पानीको आवश्कता नेपालमा पनि रहेको छ । अब यी र यस्ता काम नेपालमा पनि गर्नुपर्यो । योगदान विदेशी भुमिलाई मात्र दिने कि स्वदेशमा पनि उपलव्ध गराउने हो सागर जि ?
टोपेन्द्र डाँगी लेख्छन्, तपाईं फेरि पनि वर्तमान या पूर्व प्रधानमन्त्रीबिरुद्द नै चुनाव लड्नु पर्छ र प्रधानमन्त्री बन्नुपर्छ देशमा अहिलेका प्रधानमन्त्री भन्दा तपाईंको धेरै भरोसा छ नेपाली जनताको सागर सर ।

खिलाराज बस्नेत लेख्छन्, बिदेश धेरै ठाँउमा गरिसक्नु भयो । अब नेपालको दुर्गम क्षेत्र तिर पनि पुगेर यो पानीको समस्या बारे अध्ययन र केही विकल्प दिएर सहयोग गरिदिनुस । अरु थुप्रै फेसबुक प्रयोगकर्ताहरुले पनि यस्तै यस्तो कमेन्टहरु गरेका छन् । कमेन्ट गर्नेहरुमध्ये धेरैले विदेशी मूमिमा हैन नेपालमै बसेर नेपालीका लागि योगदान गर्नुपर्ने सुझाव दिएका छन् । कतिपयले त एकपटक फेरि अलि राम्रो तयारी गरेर चुनाव लड्ने, जितेर प्रधानमन्त्री बन्नुपर्ने भनेका छन् ।

प्रतिक्रिया दिनुहोस