Latest News

भ्रष्टहरुलाई खुलेआम जोगाउने मिसनमा नेपाली कांग्रेस ! पोखरामा देउवाले देखाए तमासा

Nepalese Times December 19, 2023 (4 Month ago)    419 Views

ब्यानरमा लेखिएको लेखिएको अक्षरलाई टेपको टालोले छोप्नुपर्ने बाध्यता नेपाली कांग्रेसलाई आईपरेको छ । ब्यानरको माथि लेखिएको छ, ‘विरासतको रक्षा गरौँ, नेपाली काँग्रेस बचौँ । अनि त्यो भन्दा अलि तल सानो अक्षरमा लेखिएको छ । इमान भएकाहरुलाई जिम्मेवारीमा राखौँ ।’ अनि एउटा टेपको टालोले केही अक्षरहरु छोपिएको छ । त्यसपछि चाहीँ लेखिएको छ, कांग्रेसी चरित्र पुनः स्थापित गरौँ ।

तस्बिरको छोपिएको ठाउँमा लेखिएको रहेछ, ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ । गण्डकी प्रदेशको प्रथम सम्मेलन चल्दै गर्दा नेपाली कांग्रेसलाई भ्रष्टाचारबाट पार्टीलाई जोगाउन पर्दैन भन्ने लागेरै हो कि क्या हो कुन्नी यसरी टालोले छोपेरै पार्टीको सम्मेलन गर्नुपरेको ।

स्टेजमा लेखिएको ब्यानरबाट ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ वाक्य हटाईएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए । हुन त नेपाली कांग्रेस भ्रष्टहरुलाई जोगाउने पार्टी भनेर पनि चर्चा हुने गर्छ ।

केही दिनअघि मात्रै बालकृष्ण खाणलाई थुनामुक्त गराउन सफल भएकोमा भुटानी शरणार्थी प्रकरणमा आरजु देउवाहरु अनुसन्धानको दायरामा आउनबाट जोगिएकै हुन् । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारहरुले उन्मुक्ति पाएकै हुन् ।

भ्रष्टाचारका अरु ठूल्ठूला प्रकरणमा पनि कांग्रेसका नेताहरु मुछिदै आएकै हुन् । यति हुँदाहुँदै भ्रष्टहरुबाट नेपाली कांग्रेस नामको पार्टीलाई किन जोगाईराख्नुपर्यो र ? भन्ने नेतृत्वलाई लागेको हुन पनि सक्छ । हैन भने भ्रष्टाचारबाट पार्टीलाई जोगाउनुपर्छ भन्ने शब्दबाट कांग्रेस किन तर्सिएको ?

प्रतिक्रिया दिनुहोस