Latest News

पाथिभरा माताको दर्शन गर्दै हेरौं आजको राशिफल

Nepalese Times December 19, 2023 (4 Month ago)    650 Views

आज – ०३ पौष २०८० मंगलवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेमको समस्या हटेर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन उत्साहपूर्ण रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथीबाट विशेष सहयोग मिल्नेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज घरमा अतिथिको आगमन हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायबाट लाभ मिल्नेछ । तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला, तर साँझमा मन प्रसन्न रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला, सचेत रहनु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस