Latest News

गुल्मीबाट २ जना बोका चोर समातिए

Nepalese Times December 18, 2023 (4 Month ago)    430 Views

गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका(५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् । अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका(१ बाट नियन्त्रणमा लिएको हो ।

सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको डिएसपी पाण्डेले बताए । पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस