Latest News

पैसा तिर्न नसक्दा १५ घण्टासम्म शवगृहमै, घाट लैजान खोज्दा जीवितै (भिडिओसहित)

Nepalese Times December 11, 2023 (4 Month ago)    690 Views

काठमाडौं । सामाजिक संजालमा अहिले एउटा भिडिओ भाईरल बनिरहेको । भिडिओको दृश्यले अस्पतालबाट यो हदसम्मको लापरबाही हुँदोरहेछ भन्ने प्रमाणित गरिदिएको । जिउँदै मान्छेलाई मृत्यु प्रमाणपत्र बनाएर पठाएको व्यक्ति घाट लैजान लाग्दा जीविवतै भेटिएपछि सबैको आङ सिरिंग भएको छ ।

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहर जीवितै रहेको पाइएपछि अस्पतालमाथि गरिने विश्वासमाथि थुप्रै संकाहरु उब्जिएको छ ।

यतिसम्म कि विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर प्रताव दास मुसहरलाई १५ घण्टासम्म शवगृहमा राखियो । शव गृहमा १५ घण्टासम्म राख्नुको पनि कारण छ । त्यो हो गरिबी । उनको परिवारसँग अस्पताललाई बुझाउने आवश्यक पैसा नभएकै कारण प्रताव सदा जिउँदो शरिरलाई पनि शव बनेर १५ घण्टासम्म शवगृहमा बस्नुपर्यो ।

प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका प्रताव सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोश भएका थिए।

उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उनलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती सीता सदा बताउँछिन् ।

शनिबार दिउँसो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । उपचारका क्रममा लागेको ५० हजार रुपृयाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याएको समाजसेवी राजेन्द्र पोख्रेल बताउँछन् ।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनलाई जीवित पाएको हो । यो घटना बाहिरिएसँग अस्पतालले यो हदसम्मको लापरबाही गर्दोरहेछ भन्ने बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस