Latest News

प्रचण्डसँग भिड्न दुर्गा प्रसाईं र अमरेशकुमार एकै ठाउँमा, मध्यरातमा यसरी मिल्यो कुरा

Nepalese Times December 11, 2023 (4 Month ago)    343 Views

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले चौतर्फी घेराबन्दीमा छ । उनीविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंह खुलेरै अघि बढेका छन् । उनले त प्रधानमन्त्री प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेको सबै प्रमाण आफूसँग रहेको घोषणा गरेका छन् ।

आफूसँग रहेको सबै प्रमाण समय आएपछि सार्वजनिक गर्छु भनेर घोषणा गर्दै हिँडेका अमरेशकुमारलाई मेडिकल व्यवसायी दुगा प्रसाईंलेसमेत साथ दिएका छन् । उनले मध्यरातमा एक स्टाटस लेख्दै प्रचण्डले क्यानटोनमेन्टदेखि एनसेलसम्मको रकम स्वीस बैंकमा राखेको लेखेका छन् ।

प्रसाईंले लेखेका छन्,
अब भन्नुस दुर्गा प्रसाईं अदुरदर्शी हो कि नेता अदुरदर्शी ?
१)अहिले एमालेले यस बिषयलाई प्रमुख मुद्दा बनाएर केपी ओली जहुर्बा पहाड–पहाडमा भाषण गर्दै हुनुहुन्छ । र यो पार्टीले संघियताविरुद्धसमेत आफ्नो धारणा राखी सकेको छ ।
२) कांग्रेसका नेताहरु हिन्दु रास्ट्रको वकालत गर्न थालेका छन् र केहि समयमा बिधान संसोधन गरेर कांग्रेस हिन्दु राष्ट्र प्रति आफ्नो प्रतिबद्धता दर्शाउनेछ ।
३) प्रचण्डले देखावटी रुपमा गणतन्त्रप्रति खुबै गर्व गरेपनि भित्रि रुपमा गणतन्त्र भनेकै लुटतन्त्र हो भन्ने कुरा बुझेर स्विस बैंक मा क्याण्टोन्मेन्ट्देखि एन्सेलसम्मको रकम सेटल गरि आफ्नो तयारि गरिसकेका छन् । अब भन्नुस दुर्गा प्रसाईं अदुरदर्शी हो कि नेता अदुरदर्शी ?

यसअघि यहि मुद्दा उठाउँदै दुर्गा प्रसाईंले चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन् । उनले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई बसन्तपुरमा बोलाएर दियो बालेर व्यवस्था फालेको घोषणा गर्ने तयारी गरेका छन् ।
अहिले फेरि अमरेशकुमारले पनि प्रधानमन्त्री प्रचण्डविरुद्ध गतिविधि अघि बढाएका हुन् । उनले लगाएको आरोप बार्गेनिङको लागि मात्रै हैन भने प्रमाण सार्वजनिक गर्नुपर्ने माग पनि उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस