Latest News

यी हुन् १०० किलो सुन प्रकरणमा अहिलेसम्म पक्राउ परेकाहरु, दिपक मलहोत्रा कहाँ छन् ?

Nepalese Times July 20, 2023 (9 Month ago)    1311 Views

काठमाडौं । अवैध तरिकाले नेपालमा भित्रिएको ठूलो परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो।

क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकलर स्कुटरको ब्रेक शुभित्र सुन राखेर भित्र्याएको पाइएको हो। सुन अन्दाजी ८० देखि १०० किलो हुनसक्ने अनुमान छ।

दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ छन्। एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा छन्।

बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।

यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ।

समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ।

त्यस्तै, अहिलेलाई भन्सार जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी समेत गरेको छ। अन्यको पनि संलग्नता खुले त्यस अनुसार कारबाही अघि बढाइने भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस