Latest News

आरजु राणा पक्राउ पर्दै, पैसा कारोबारको अडियो अभियुक्तको भएको पुष्टि

Nepalese Times July 9, 2023 (9 Month ago)    2322 Views

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको स्पष्ट पारेको छ ।

अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ । यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ ।

सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खन्डन गरेकी थिइन् । सन्देश हाल उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

यो प्रकरणमा आरोप लागेकी आरजु अहिले देश बाहिर छिन् । उपचारका लागि भन्दै उनी जापानमा छिन् । तर नेपालमा भने नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले जापान गएको आरोप लागिरहेको छ । उनी जापान गएको भनेर खबर प्रकाशित भएसँगै उनलाई सरकारकै मिलेमतोमा विदेश भगाएको आरोप लागिरहेको छ । उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीमाथि दबाब छ ।

प्रतिक्रिया दिनुहोस